निर्वाचन कार्यालय दलसँग छलफल गर्दै 

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १६:२०
निर्वाचन कार्यालयले दलसँग छलफल गर्दै

विराटनगर । जिल्ला निर्वाचन कार्यालय मोरङले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनैतिक दलसँग छलफल गरेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मोरङका राजनैतिक दलसँग आइतबार निर्वाचन कार्यालयले छलफल अगाडि बढाएको हो । निर्वाचनलाई शान्ति र भयरहित वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्वाचन कार्यालय र दलबिच छलफल भएको छ ।

छलफलमा नेपाली काँग्रेस मोरङका उपसभापति नागेश कोइराला, नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु मास्केलगायत विभिन्न दलका प्रतिनिधिहरूले निर्वाचनलाई सफल पार्न सहयोग गर्न तयार रहेको बताए ।

छलफलमा प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले भयरहित, स्वच्छ, शान्तिपूर्ण रूपमा निर्वाचन गर्न दलहरूको सहयोग आवश्यक रहेको बताए ।

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि महिला १, दलित १ र  अन्य १ गरी ३ पदमा निर्वाचन हुँदैछ । कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य र २ सय ७४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कूल ३ सय ६७ जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.