
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको घरमै गएर जाँचबुझ आयोगले बयान लिएको छ ।
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धमा पूर्वप्रधानमन्त्री ओलीले लिखित जवाफ बुझाएका हुन् ।
आयोगका सहसचिवसहितको टोलीले दिएको प्रश्नमा ओलीले लिखित जवाफ पेश गरेका हुन् । यस अघि पूर्व गृहमन्त्री रमेश लेखकले पनि आयोगमै पुगेर लिखित बयान दिइसकेका छन् ।
























