विराट नर्सिङ होममा ‘क्याथ ल्याब’ सञ्चालनमा 

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २०, आइतबार १९:४३
विराट नर्सिङ होममा ‘क्याथ ल्याब’ सञ्चालनमा 

विराटनगर । विराटनगरको विराट नर्सिङ होमले अत्याधुनिक ‘क्याथ ल्याब’ सेवा सञ्चालनमा ल्याएको छ ।
कार्डियाक, न्युरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको हो ।

नयाँ सेवाको शुभारम्भ गर्दै इनभोलुसन हेल्थकेयरका निर्देशक अतुल शर्माले हृदयाघात तथा स्ट्रोक जस्ता आपत्कालीन अवस्थामा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च हुने भएकाले सोही जोखिम न्यूनीकरण गर्न अत्याधुनिक प्रविधि ल्याइएको बताए ।

उनका अनुसार यो सेवाले विराटनगरसहित नेपाल-भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचारका लागि सहज हुनेछ ।

कोशी र मधेस प्रदेशमै पहिलो पटक एउटै छाना मुनि कार्डियाक, न्युरो र इन्टरभेन्स्नल रेडियोलोजी गरी ३ वटा विशेषज्ञ सेवा उपलब्ध गराएको विराट नर्सिङ होमले दाबी गरेको छ ।

हस्पिटलका अनुसार यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित छ, जसले कम विकिरणका साथ छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया पूरा गर्दछ ।

नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थामा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञबाट २४ सै घण्टा सेवा उपलब्ध हुने अस्पतालका सिइओ डा. निकिता कार्कीले जानकारी दिए ।

हस्पिटलको आकस्मिक सेवामा एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स र १५ शैय्याको एडभान्स सीसीयूसहितको सुविधा रहेको छ । मुटु रोग तथा अन्य आपत्कालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य जाँच गराउन समेत हस्पिटलले आग्रह गरेको छ ।

क्याथ ल्याब उद्घाटनको अवसरमा हस्पिटलले विशेष सहुलियतको घोषणा गरेको थियो । प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याब अन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा १९ जनाले बिरामीले सो सुविधा लिएको हस्पिटल प्रशासनले जनाएको छ ।

साथै, सीसीयू शुल्क तथा निदान सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यस्तो सेवाले पूर्वी क्षेत्रका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम हुनुका साथै छिमेकी राष्ट्रका बिरामीहरूलाई उपचारका लागि सहज हुने हस्पिटलले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×