
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वसँगै थरुहट/थरुवान अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएका छन् । ‘बृहत् राजनीतिक समायोजन’ सभा मार्फत थरुहट अभियान्ता रास्वपामा समाहित भएका हुन् ।
सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थारुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट/थरुवान अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
९ बुँदे सहमतिमा गत भदौमा भएको जेनजी आन्दोलनको अपनत्व लिने उल्लेख छ । अबकाे १० वर्षभित्र नेपाललई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनमा समर्पित हुने भनिएको छ ।
‘बृहत् समायोजन’पछि दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” र झण्डा साविककै रहने उल्लेख छ । त्यस्तै दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौैं उपत्यकामा रहने सहमति भएको छ ।
टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्ने सहमतिमा पनि दुवै पक्ष पुगेका छन् ।
























