महेश बस्नेत र दुर्गा प्रसाईं दुवैको गाली बेइज्जती मुद्दामा दाबी पुग्ने

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १८:५१
महेश बस्नेत र दुर्गा प्रसाईं दुवैको गाली बेइज्जती मुद्दामा दाबी पुग्ने

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईं दुवैको गाली बेइज्जती सम्बन्धी मुद्दामा दाबी पुग्ने भएको छ ।

दुवैले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दाबी पुग्ने भन्दै अदालतले फैसला गरेको हो ।

सोमबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले दुवैले एक अर्काविरुद्ध हालेको मुद्दामा माग बमोजिमको दाबी पुग्ने फैसला गरेका हुन् ।

बस्नेतले प्रसाईंविरुद्ध २०८० कात्तिक १७ र प्रसाईंले बस्नेतविरुद्ध कात्तिक ११ गते गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए । फैसलामा के सजाय हुने भन्ने आइसकेको छैन । दुवैले कैद र जरिवाना सजायको माग गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.