राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै कांग्रेस

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार ०७:०५

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउँदै छ ।

कांग्रेसले आज (मंगलबार) उम्मेदवार टुंग्याउने तयारी गरेको हो । पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उमेदवार टुंगो लगाउने निर्णय लिएको थियो ।

यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बिहान ११ बजे बस्दै छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उमेदवारको विषय टुंगो लगाउने छ ।

सोमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायत दलहरूसँग पार्टीको शीर्ष तहबाट छलफल भइरहेकाले मंगलबार बैठक बसेर निर्णय लिने निष्कर्ष निस्किएको थियो । राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग छलफल गरिरहेको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.