
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार नेकपा (एमाले)ले आज छान्दैछ । सचिवालय बैठकले उम्मेदवार छान्न लागेकाे हाे ।
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार सचिवालय बैठकले टुङ्गाे लगाउने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।
माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलकाे गृहकार्य भइरहेकाे छ ।
























