चारपटक सांसद जितेका गुप्ताले छाडे एमाले

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार ११:२४

बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेशकुमार गुप्ताले पार्टी छाडेका छन् ।

जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको र दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएकाले पार्टी परित्याग गरेको गुप्ताले बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.