निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ: ओली

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १२:३७

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालय बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।

देशमा अझै पनि तत्काल निर्वाचन हुने वातावरण बनिनसकेको उल्लेख गर्दै ओलीले कांग्रेस र एमालेबीचको बढ्दो सामीप्यले सरकार पक्ष र केही शक्तिहरू झस्किएको बताए। उनले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने खेल भइरहेको भन्दै पार्टी पंक्तिलाई सचेत गराए।

बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिने काम भइरहेको आरोप समेत लगाए। उनले वर्तमान अवस्थामा नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.