कोशी प्रदेश सरकारको निर्णय: ढुंगानालाई कृषि सचिवको जिम्मेवारी, सिँचाइ नियमावली संशोधन

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १६:०४

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव पशुपति ढुंगानालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रिक्त सचिव पदमा खटाउने निर्णय गरेको छ। आइतबार बसेको बैठकले संघीय सरकारबाट प्रदेशमा खटिएका ढुंगानालाई कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो।

यसैगरी, बैठकले प्रदेश सिँचाइ नियमावली २०८२ लाई पहिलो पटक संशोधन गर्ने महत्त्वपूर्ण निर्णय समेत गरेको छ। नियमावलीमा गरिएको यो संशोधनले संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भई आएका ठूला सिँचाइ आयोजनाहरूको सञ्चालन र व्यवस्थापनमा रहेका कानुनी बाधाहरू फुकाउने विश्वास लिइएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार यो संशोधनले विशेष गरी कन्काई सिँचाइ आयोजना र चन्दा मोहन सिँचाइ आयोजना जस्ता ठूला आयोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न बाटो खोल्नेछ।

मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी दिँदै मन्त्री भण्डारीले नयाँ नियमावली कार्यान्वयनमा आएपछि हस्तान्तरित आयोजनाहरूको कामले थप गति लिने बताए। प्रशासनिक हेरफेर र कानुनी सुधारका यी निर्णयहरूले प्रदेशको कृषि र पूर्वाधार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.