वीरगन्जमा लगाइएको कर्फ्यु हटाइयो

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १६:३१

जनकपुरधाम । दुई धार्मिक समुदायबीचको तनावपछि वीरगन्जमा लगाइएको कर्फ्यु आदेश मंगलबार अपराह्न ३:३० बजेदेखि पूर्ण रूपमा हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति र सुरक्षा अवस्था सुदृढ हुँदै गएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो।

यसअघि स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आज साँझ ६ बजेसम्मका लागि कर्फ्युको समय थप गरेको थियो। नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय र जनजीवन सहज बनाउनका लागि निर्धारित समयभन्दा अगावै कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा सर्वदलीय र सर्वपक्षीय बैठकको सहमति बमोजिम जिल्लाको सुरक्षा व्यवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञाको आदेश फिर्ता लिइएको उल्लेख छ। कर्फ्यु हटेसँगै वीरगन्जको जनजीवन बिस्तारै सामान्य लयमा फर्कने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.