कोशीमा राष्ट्रियसभाका लागि नेकपाका २ उम्मेदवारको मनोनयन दर्ता

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १५:५७

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन्। बुधबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपाका तर्फबाट दलित र महिला कोटामा उम्मेदवारी दर्ता गरिएको हो।

नेकपाबाट दलित तर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गरेका छन्। उम्मेदवार न्यौपानेको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा गीता तिम्सिना रहेका छन्। त्यस्तै, दलित तर्फका उम्मेदवार सुन्दासको प्रस्तावकमा सपना परियार र समर्थकमा नमोनारायण माझी रहेका छन्।

नेकपाले ‘अन्य’ समूहका लागि हेमराज घिमिरेलाई उम्मेदवार तय गरे पनि उनी मनोनयन दर्ताका लागि समयमा आइपुग्न सकेनन्। घिमिरे अनुपस्थित भएपछि अन्य तर्फ नेकपाको उम्मेदवारी दर्ता हुन सकेन, जसका कारण सो समूहमा कांग्रेसका सुनिल थापाको एकल उम्मेदवारी कायम हुन पुगेको छ।

कोशी प्रदेशमा रिक्त हुन लागेका पदहरूका लागि नेकपाले आफ्ना उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेको हो। अर्कोतर्फ कांग्रेस–एमाले गठबन्धनले पनि आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गरिसकेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.