धनकुटामा २ जनाको शव फेला

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १७:३७
सांकेतिक तस्बिर

धनकुटा । धनकुटाका दुई छुट्टाछुट्टै स्थानमा एक महिला र एक पुरुषको शव फेला परेको छ। सहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा ती शवहरू फेला परेका हुन्। प्रहरीका अनुसार मृत फेला पर्नेहरूमा सहिदभूमि गाउँपालिका–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय टंकबहादुर राय रहेका छन्।

मगरको शव बाटोभन्दा करिब १५ मिटर तल फेला परेको थियो भने रायको शव सोमबार बिहान ८ बजे फेला परेको प्रहरीले बताएको छ। घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले दुवै शवको प्रारम्भिक अनुसन्धान पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ।

यी घटनाहरू कसरी घटे र मृत्युको कारण के हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.