
विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेटेका छन् ।
मोरङ बुढीगंगा गाउँपालिका–७ का सान्तनु ढकाललाई बुधबार उनकै निवास बरमनीया पुगेर भेट गरेका हुन् । पराजुलीले सान्तनु ढकालसँग भेटी, उनको स्वास्थ्यको बारेमा जानकारी लिए ।
प्रदेश सरकारको मन्त्री भएको दोस्रो दिन नै उनी ढकालका आफन्त र परिवारजनसँग भेटेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
ढकाललाई भदौ २३ गते सुनसरीको इटहरीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए । उनी उपचारपछि घरमै आराम गरिरहेका छन् ।
























