नयाँ संसद्को बैठक सिंहदरबारकै नयाँ भवनमा हुने

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १४:५२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्को बैठक सिंहदरबारभित्रै नवनिर्मित भवनमा बस्ने निश्चित भएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्नका लागि सरकारसँग निरन्तर समन्वय भइरहेको र नयाँ भवन नै प्रयोग गरिने जानकारी दिएका हुन्।

नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम भौतिक पूर्वाधारहरू तयार भइसकेको र ती पूर्वाधार सचिवालयले प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ। अधिवेशन आह्वान हुनुभन्दा १५ देखि २० दिन अगावै सभा कक्षसहितका आवश्यक संरचनाहरू सचिवालयलाई हस्तान्तरण हुने बताइएको छ।

नयाँ भवनमा प्रतिनिधिसभातर्फ कुल १२ वटा कक्षहरू निर्माण भइरहेका छन्। तीमध्ये बैठक कक्षसहित ६ वटा कार्यकक्षहरू उपलब्ध भएमा पनि बैठक सहजै सञ्चालन गर्न सकिने प्रवक्ता गिरीको भनाइ छ। सचिवालयले तत्कालका लागि बैठक सञ्चालनलाई प्राथमिकता दिने र भवनका अन्य बाँकी निर्माण कार्यहरू सम्पन्न हुँदै जाँदा क्रमशः सबै सेवाहरू नयाँ भवनबाटै सुरु गर्ने तयारी गरेको छ। यसअघि नै सचिवालयले नयाँ सांसदहरूको व्यवस्थापनका लागि सरकारलाई पत्राचार गरिसकेको छ।

२०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गरिँदै आएको थियो। अब आफ्नै अत्याधुनिक भवनमा संसद् सर्ने भएपछि राज्यको व्ययभार कम हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.