निर्वाचन सर्वेक्षण गर्नेलाई झापा प्रशासनको कडा चेतावनी

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १०:३१

झापा। झापा जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी सर्वेक्षण तथा मतप्रवाह गर्ने कार्य निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कडा चेतावनी जारी गरेको छ।

आइतबार जारी सूचनामा कार्यालयले फेसबुक, युट्युब लगायतका माध्यमबाट कुन दल, उम्मेदवार वा चुनाव चिन्हमा मतदान गरिन्छ भन्ने विषयमा सर्वेक्षण गरिँदै आएको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता गतिविधिले मत गोपनीयता भंग गर्ने र निर्वाचन आचारसंहिता २०७९ को दफा ६ को उल्लंघन हुने स्पष्ट पारेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अर्जुन न्यौपाने र तेज प्रकाश प्रसाईद्वारा हस्ताक्षरित सूचनामा यस्ता कार्य नगर्न सबैलाई आग्रह गरिएको छ। साथै, यस्ता गतिविधिको जानकारी प्राप्त भएमा प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको निष्पक्षता र गोपनीयता सुनिश्चित गर्न आम नागरिक, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.