निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री कार्की

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १३:१२

काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन्। महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनको सुरक्षामा विशेष संवेदनशीलता अपनाउन निर्देशन दिएकी हुन्।

‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन,’ प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा बताएकी छन्। १८ महिना लामो तालिम पूरा गरेर कार्यक्षेत्रमा खटिन लागेका ९२ जना प्रहरी निरीक्षकहरूलाई उनले व्यावसायिकता र निष्पक्षताका साथ काम गर्न आग्रह गरेकी छन्। दीक्षित हुने १८३ औँ समूहका इन्स्पेक्टरहरूमा ९ महिला र ८३ पुरुष छन्।

प्रधानमन्त्री कार्कीले नयाँ अधिकृतहरूलाई विगतका कमजोरी नदोहोर्‍याउन र भविष्यमा प्रहरी संगठनलाई अझ व्यावसायिक बनाउन युवा अधिकृतहरूको ठूलो भूमिका रहने बताएकी छन्। कानुन कार्यान्वयनको सिलसिलामा प्रहरीमा अधिकतम शिष्टता र मानवता हुनुपर्नेमा उनले जोड दिएकी छन्।

उनले भनिन्, ‘तपाईंहरूको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो।’ चुनावलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायले कडा मिहिनेत गर्नुपर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×