नेताहरूको नाम दुरुपयोग गरी ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १५:१७
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौँ । नेपाली राजनीतिका शीर्ष नेता र प्रतिष्ठित व्यक्तिहरूको नाम दुरुपयोग गरी अन्तर्राष्ट्रियस्तरमा ‘फण्ड’ संकलन गर्ने एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। विभागले ती नागरिकलाई नियन्त्रणमा लिएर उनको शङ्कास्पद गतिविधिमाथि विस्तृत अनुसन्धान सुरु गरेको हो।

ती अमेरिकी नागरिकले ‘निकलेज इडीयू एनपी’ नामक वेबसाइट बनाएर कलेजको प्रचार गर्ने बहानामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, आरजु राणा देउवा, महेश बस्नेत र विनोद चौधरीलगायत १३ जनालाई आफ्नो ‘डाइनामिक टिम’ का सदस्यका रूपमा प्रस्तुत गरेका थिए।

विभागका प्रवक्ता टीकाराम ढकालले वेबसाइटमा नेताहरूको तस्बिर र नाम राखेर अन्तर्राष्ट्रिय तहमा रकम उठाउने उद्देश्य राखेको पाइएको बताए। कलेजले आफूलाई त्रिभुवन र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरे पनि त्यसको कुनै आधिकारिक प्रमाण पेस गर्न सकेको छैन।

अनुसन्धानका क्रममा ती नागरिक सन् २०१४ देखि हालसम्म ५० पटकभन्दा बढी नेपाल आउजाउ गरेको देखिएको छ। उनी कहिले पर्यटक त कहिले वर्किङ र व्यावसायिक भिसा प्रयोग गर्दै नेपाल आउने गरेका थिए।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.