विश्व शान्ति र समृद्धिको कामना गर्दै मेची-महाकाली साइकल यात्रा

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १४:५०

बर्दिबास । ‘विश्व शान्ति र समृद्ध नेपाल’ को नारा बोकेर निस्किएका साइकल यात्रीहरूको टोली मंगलबार महोत्तरीको बर्दिबास आइपुगेको छ। ‘वर्ल्ड साइकल टुर क्याम्पियन नेपाल’ नामक संस्थामा आबद्ध सात सदस्यीय टोलीले गत आइतबार पूर्वी नाका मेचीबाट आफ्नो यात्रा सुरु गरेको थियो।

यात्राको तेस्रो दिन बर्दिबास आइपुगेको यस टोलीको नेतृत्व काठमाडौँको कीर्तिपुर निवासी ४० वर्षीय कवि महर्जनले गरिरहेका छन्। विश्व भातृत्व, स्वास्थ्य सचेतना र देशको समृद्धिको सन्देश फैलाउनु नै यो यात्राको मुख्य उद्देश्य रहेको महर्जनले बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा भइरहेको यो यात्राका क्रममा यात्रीहरूले आम सर्वसाधारणका धारणा समेत संकलन गरिरहेका छन्। बाटोमा भेटिएका नागरिकहरूले आसन्न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थायित्व कायम भई समृद्धिको बाटो खुल्ने अपेक्षा राखेको यात्रीहरूले बताए।

बर्दिबासमा उनीहरूलाई स्वागत गर्दै स्थानीय उद्योगी व्यवसायीहरूले हालसम्म पार गरेका जिल्लाहरूमा चुनावी चहलपहल कस्तो रहेको भनी जिज्ञासा राखेका थिए। जवाफमा टोली नेता महर्जनले झापादेखि धनुषासम्मका जिल्लाहरूमा निर्वाचनको रौनक निकै उत्साहजनक देखिएको छोटो प्रतिक्रिया दिए।

संस्थाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको यस यात्रामा ललितपुरका अन्य छ जना यात्रीहरू रवीन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, नीरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्य सहभागी छन्।

पूर्व-पश्चिम राजमार्ग आसपासका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने उनीहरूको लक्ष्य छ। बर्दिबास उद्योग वाणिज्य संघका महासचिव उत्तमकुमार श्रेष्ठ लगायतका व्यवसायीहरूबाट सम्मानित र स्वागत गरिएका यात्रीहरू मंगलबार नै निजगढतर्फ प्रस्थान गरेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.