सामाजिक सञ्जाल विधेयक संसदबाट फिर्ता

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १८:४७

काठमाडौं । अन्तरिम सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक संसदमा पेश गरेका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण अगाडि बढ्न सकेको थिएन ।

यो विधेयक २७ माघ २०८१ मा राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । पछिल्लो समय विधेयक अगाडि बढाउन खोजिएको थियो केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारले विवाद भएका विषय मिलाउने गरी विधेयक अगाडि बढाउन खोजिरहेका बेला जेनजी आन्दोलन भयो र तत्कालीन सरकार नै अपदस्त भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.