
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको परिणाम स्वीकार गर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले परिवर्तनको यो इतिहास नेपाली जनताले सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने बताइका हुन् ।
उनले पुरानो संसद् नस्वीकार्ने बताए । ‘मेरो खुला आग्रह छ, अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर,’ उनले लेखेका छन्,‘ अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौँ ।’
अपदस्त दुईतिहाइको सरकारले आफ्नो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरका अदालत धाउँनु परेको उनको भनाई छ । ‘मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरबार पुग्न होइन सिंहदरबार बदल्न माग्दैछु घण्टीमा भोट,’ उनले लेखेका छन् ।
























