यस्तो रहनेछ बुधबारको मौसम

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार ०६:३४

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आज (बुधबार) हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

३ प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । तराईका केही स्थानमा दिउँसो र राति हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भू–भागका १–२ स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्नेछ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पनि यस्तै अवस्था दोहोरिन सक्ने पूर्वानुमान छ ।

हिमपात र वर्षाका कारण ती क्षेत्रहरूमा चिसो बढ्ने, दैनिक जनजीवन प्रभावित हुने, पर्यटन तथा पदयात्रामा असर पर्न सक्ने र हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने देखिएको छ । यसलाई मध्यनजर गर्दै महाशाखाले सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.