
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले पाएका छन्। संगठनको सूचना प्रवाह र सञ्चारलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारीसहित उनलाई नयाँ प्रवक्ता तोकिएको हो।
यसअघि सशस्त्रमा प्रवक्ताको भूमिका डीआईजी मनिष थापाले निभाउँदै आएका थिए। थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि रिक्त रहेको स्थानमा भट्टलाई ल्याइएको हो।
नवनियुक्त प्रवक्ता भट्टले अब संगठनका गतिविधि, अपरेसन र समसामयिक विषयमा सञ्चारमाध्यमलाई आधिकारिक जानकारी उपलब्ध गराउनेछन्।

























