प्रधानमन्त्री कार्कीसँग एमाले अध्यक्ष ओलीकाे भेटवार्ता

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १२:५४

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । निर्वाचन केन्द्रित छलफलका लागि प्रधानमन्त्री कार्कीसँग छलफल गर्न पूर्वप्रधानमन्त्री ओलीले पुगेका थिए ।

उनीहरूबीच फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका विषयमा छलफल भएपनि कुराकानीकाे ठाेस विषय सार्वजनिक भएकाे छैन ।

ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउन अहिले पनि सुरक्षा चुनौती कायमै रहेको बताएका थिए ।

मंगलबार प्रधानमन्त्री कार्कीले मंगलबार मौसमको कारण हिमाली क्षेत्रमा दाेस्राे चरणमा निर्वाचन हुन सक्ने अभिव्यक्ति दिएलगत्तै एमालेले त्यसको प्रतिवाद गरेको  थियाे । बुधबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.