चितवन पुगे रास्वपा सभापति रवि लामिछाने

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १४:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचन प्रचारका लागि चितवन पुगेका छन् । बिहीबार दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल हुँदै चितवन पुगेका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यसपछि भरतपुरको विशालचोकस्थित निवासमा गृहप्रवेशको कार्यक्रम तय छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित घरदैलो कार्यक्रमका निम्ति लामिछाने चितवन पुगेका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार छन् ।

माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि उनी आराम गर्दै थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.