ओली एक साता गृहजिल्लामा रहने

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १६:५४

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रहेको गृहजिल्ला झापा पुगेका छन्। चन्द्रगढी विमानस्थलमा अवतरण गरेका अध्यक्ष ओली निर्वाचनको प्रचारप्रसार र पार्टीका आन्तरिक तयारीका लागि झापा पुगेका हुन्।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस पटक झापा पूर्ण रूपमा ‘एमालेमय’ हुने विश्वास व्यक्त गरे। झापाली जनताको माया र समर्थन एमालेप्रति अगाध रहेको उल्लेख गर्दै उनले जिल्लालाई सूर्यमय बनाउन सबै नेता, कार्यकर्ता तथा समर्थकहरूलाई आ–आफ्नो स्थानबाट सक्रिय योगदान गर्न आग्रह गरे।

अध्यक्ष ओलीलाई स्वागत गर्न चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व सभामुख देवराज घिमिरे र पूर्वमन्त्री देवेन्द्र दाहाललगायतका शीर्ष नेता तथा कार्यकर्ताहरूको ठुलो उपस्थिति रहेको थियो। निर्वाचनको सरगर्मी बढ्दै जाँदा अध्यक्ष ओली अबको एक साता झापामै रहेर विभिन्न चुनावी कार्यक्रम र कार्यकर्ता भेटघाटमा व्यस्त रहने बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.