नेपाल-भारत सीमा सुरक्षा बैठक : सीमा नाका ७२ घण्टा सिल गरिने

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १८:४६
सुरक्षा बैठक

विराटनगर । नेपाल सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल बीचको १६औँ डीआईजी तहको समकक्ष समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । माेरङकाे विराटचाेकमा भएकाे दुई देशबीचको सीमा सुरक्षा बैठकले विभिन्न निर्णय पनि गरेकाे छ ।

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने सहमति भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनको ७२ घण्टा अगावै सीमा नाका पूर्ण रूपमा सिल गर्ने, संयुक्त गस्ती बढाउने र सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने निर्णय दुवै पक्षले गरेका छन् ।

छलफलका क्रममा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण जस्ता गम्भीर विषयमा छलफल भएकाे थियो ।

सीमा स्तम्भको संरक्षण, नो-म्यान्स ल्यान्ड (दशगजा) को उचित व्यवस्थापन, यात्रीहरूको सहज आवागमनका लागि सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास र दुई सुरक्षा निकायबीच आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच समझदारी बनेको छ ।

बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको भौगोलिक रेखा मात्र नभई यो मित्रता र सहकार्यको प्रतीक पनि भएको बताए । भारतीय एसएसबी डिआइजी सरोजकुमार ठाकुरले सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाउने बताए ।

उक्त बैठकमा शसस्त्र प्रहरी बल नेपालको तर्फबाट प्रहरी नायव महानिरिक्षक कुमार न्यौपाने, अन्जनीकुमार पाेखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापाको उपस्थिति थियो । भारतीय टाेलीमा सरोजकुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमार सहभागी थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.