दौरा सुरुवालमा म्याराथन पूरा गरी विश्व कीर्तिमान

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १३:०५

विराटनगर। नेपाली मूलका अमेरिकी धावक बाल जोशीले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएका छन् । सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमै दगुरेर उनले यो दुर्लभ कीर्तिमान कायम गरेका हुन् ।

शुक्रबार अमेरिकाको मायामीमा आयोजित समापन समारोहका बीच गिनिज बुकका प्रतिनिधि माइकल इम्प्रिकले जोशीलाई विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरे । अत्यन्तै चुनौतीपूर्ण मानिने यो म्याराथन यात्रा अन्टार्कटिकाबाट सुरु भएको थियो । त्यसपछि अफ्रिकाको केप टाउन, अस्ट्रेलियाको पर्थ, एसियाको दुबई, युरोपको म्याड्रिड र दक्षिण अमेरिकाको ब्राजिल हुँदै सातौँ दिनमा उत्तर अमेरिकाको मायामीमा पुगेर यो साहसिक दौड सम्पन्न भएको हो ।

सन् २०१५ देखि सञ्चालन हुँदै आएको यस प्रतियोगितालाई ‘७७७ म्याराथन’ समेत भनिन्छ । यस वर्षको म्याराथनमा जोशीसहित ३२ देशका ५६ धावकहरू सहभागी थिए । लगातार सात दिनसम्म सातै महादेशमा पुगेर दौडनु पर्ने भएकाले यसलाई शारीरिक र मानसिक रूपमा निकै कठिन प्रतिस्पर्धा मानिन्छ ।

आफू जन्मेको माटो र नेपाली मौलिक सम्पदाप्रतिको उच्च सम्मान दर्शाउनका लागि दौरा सुरुवालमै म्याराथनमा सहभागी भएको जोशीले बताए । उनले लगाएको सो विशेष दौरा सुरुवाल काठमाडौँका फेसन डिजाइनर विश्व गौतमले तयार पारेका थिए । नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउन जोशीले गरेको यो प्रयासको यतिबेला जताततै प्रशंसा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.