निर्वाचनलाई स्वच्छ बनाउन निगरानी गरिने

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १३:०७

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई तीव्र बनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था र आचारसंहिता कार्यान्वयनका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या विवरण, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको कडा निगरानी गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् । यस्ता गतिविधि रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई थप सशक्त र जिम्मेवार बनाइने भएको छ । निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्‍याउन तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले विशेष ध्यान दिने भएको छ ।

सञ्चार सम्पर्क नहुने दुर्गम मतदानस्थलहरूको पहिचान गरी त्यहाँ सञ्चारका लागि वैकल्पिक व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । निर्वाचन विरोधी गतिविधिलाई कडाइका साथ नियन्त्रण गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ । साथै, निर्वाचनका बेला हुन सक्ने पेट्रोलियम पदार्थको खुला खरिद बिक्री र यसको दुरुपयोगलाई समेत नियन्त्रण गरिने भएको छ ।

सुरक्षा समितिको बैठकमा निर्वाचनमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन र उम्मेदवारहरूको सुरक्षा व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल भएको प्रवक्ता काफ्लेले बताए । सरकारले निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबै जिल्लामा उच्च सतर्कता अपनाउन र आचारसंहिता उल्लंघनका घटनामा तत्काल कारबाही अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.