निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ युवा पक्राउ

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १६:४९

सुर्खेत। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ जना युवाहरूलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै रहेको तीनकुने चोकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार वीरेन्द्रनगर–३ तातापानीमा आधारित उक्त समूहले स्थानीय प्रशासनको अनुमति बिना नै मोटरसाइकल र्‍याली निकालेको थियो। कालो र सेतो रङको झन्डा बोकेर निकालिएको र्‍यालीले सार्वजनिक शान्ति भङ्ग गर्नुका साथै आसन्न निर्वाचनको आचारसंहिता र कानुनको समेत बर्खिलाप गरेको प्रहरीको दाबी छ।

‘र्‍यालीका क्रममा होहल्ला गरी सुरक्षा चुनौती थपेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए। जिल्ला र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको विशेष प्रहरी टोलीले दिउँसो २:५० बजे उनीहरूलाई समातेको थियो। पक्राउ परेकाहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको छ।

प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्ने गरी बिना अनुमति गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ। नियन्त्रणमा लिइएका २५ जनामाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.