टिम नेपाललाई प्रधानमन्त्रीको शुभकामना

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १०:१०

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज (आइतबार) नेपाली क्रिकेटको ऐतिहासिक क्षणको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरण अन्तर्गत नेपालले दुई पटकको विश्व च्याम्पियन इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्व क्रिकेटको शक्तिशाली टोलीसँगको यो भिडन्तलाई नेपालले आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

यो ऐतिहासिक खेलका लागि प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राष्ट्रिय टोलीलाई विशेष शुभकामना सन्देश दिएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीलाई हौसला प्रदान गर्दै नेपाली टोलीले मैदानमा आत्मविश्वास, एकता र सामूहिकताको बेजोड नमुना प्रस्तुत गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले शुभकामना सन्देशमा लेखेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ र त्यो विश्वले सुन्नेछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतका सफलताको आड छ। इंग्ल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना! विजयी भवः।’

नेपालले यसअघि पनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेट जगतको ध्यानाकर्षण गरिसकेको छ। आजको खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजेदेखि सुरु हुँदैछ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.