नेपाल प्रहरीको रणनीतिक सम्मेलन : भावी सुरक्षा रणनीति र नागरिक सहभागितामा जोड

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १३:५४

काठमाडौँ । प्रहरीको कामकारबाहीलाई समयसापेक्ष र प्रभावकारी बनाउने उद्देश्यले ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ आज (आइतबार) देखि काठमाडौँमा सुरु भएको छ। प्रहरी प्रधान कार्यालयमा दुई दिनसम्म चल्ने यस सम्मेलनको मुख्य उद्देश्य प्रहरीको भावी रणनीति तय गर्नु रहेको छ।

आइतबार आयोजित उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री ओम प्रकाश अर्यालले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयामबारे नागरिक समाज, सुरक्षा विज्ञ र विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नु सकारात्मक कदम भएको बताए। प्रहरी सेवाका नीति निर्माणमा जनअपेक्षा र नागरिक तहको सहभागिता भए मात्र त्यस्ता योजनाहरू व्यावहारिक रूपमा कार्यान्वयन हुन सक्ने उनको भनाइ छ।

सम्मेलनका अवसरमा प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेका तीन वटा महत्त्वपूर्ण अध्ययन प्रतिवेदनहरू समेत सार्वजनिक गरिएका छन्। जसमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधको सम्बन्ध, प्रहरीको पोसाक परिमार्जन र ट्राफिक प्रहरीको कार्यबोझ एवं व्यवहारसम्बन्धी विषयहरू समेटिएका छन्। गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापनमा देखिएका चुनौती सम्बोधन गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुने उल्लेख गरे।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संविधान र कानुनको परिधिमा रहेर शान्ति सुव्यवस्था कायम गर्न र मानव अधिकारको संरक्षण गर्दै व्यावसायिक सेवा प्रदान गर्न नेपाल प्रहरी सधैँ कटिबद्ध रहेको बताए। सङ्घीयताको कार्यान्वयनसँगै प्रहरीको भूमिका फेरिएको भन्दै उनले प्रविधिको प्रयोग र रणनीतिक सोचलाई सुदृढ बनाउनु अहिलेको प्राथमिकता भएको स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.