तस्करको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १३:४७

वीरगन्ज । पर्सामा अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार बिहान छापा मार्ने क्रममा भएको सो झडपमा परी ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल १३  नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा छापा मारेको थियो। टोलीले घरभित्र अवैध रूपमा लुकाइराखेको ७ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बरामद सामान लैजाने क्रममा तस्कर समूहले ढुंगामुढा प्रहार गरेको जानकारी दिए। आक्रमणबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ। घाइते सुरक्षाकर्मीहरूको उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य जारी राखेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.