झापामा खोरभित्रका बाख्रा बाघले मार्यो

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १७:५४

झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा बाघको आक्रमणबाट खोरभित्र बाँधेर राखिएका बाख्रा मरेका छन् ।

स्थानीय वीरबहादुर राईको घरछेउको खोरभित्र पसेर आइतबार राति ११ बजेतिर बाघले आक्रमण गर्दा २ वटा ब्याउने बाख्रा मरेका हुन् । घरआँगनमै रहेको खोरभित्र सुरक्षित ठानेर राखिएका बाख्रामाथि बाघले आक्रमण गरेपछि स्थानीयस्तरमा त्रास फैलिएको छ ।

बाघले खोरको संरचना भत्काउँदै भित्र पसी बाख्रामाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट मरेका दुवै बाख्रा ब्याउने अवस्थामा रहेका थिए ।

घटनाबाट करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । वन्यजन्तुको आवतजावत बढ्दै गएको र घरपालुवा पशु सुरक्षित नरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यसअघि पनि बाहुनडाँगी आसपासका क्षेत्रमा जंगली जनावर देखिने र पशु आक्रमणका घटना दोहोरिँदै आएको स्थानीयको भनाइ छ । बाघको आवागमन रोक्न तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन वन तथा स्थानीय प्रशासनसँग माग गरिएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.