मेयरको निधन

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार ०६:२४

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको उपचारका क्रममा निधन भएको छ । मस्तिष्कघात भएपछि उपचाररत यादवको काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा सोमबार निधन भएको हो ।

मेयर यादवलाई गत बिहीबार राति अचानक मस्तिष्कघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई तत्काल जनकपुरधामको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । प्रारम्भिक उपचारपछि अवस्था सुधार नआएपछि शुक्रबार हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौं पुर्‍याएपछि नर्भिक अस्पतालमा सघन उपचार भइरहेको थियो । चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

स्वर्गीय यादव नेपाली कांग्रेसबाट हंसपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । स्थानीय तहमा विकास, सेवा प्रवाह र प्रशासनिक सुधारका विषयमा सक्रिय रहँदै आएका यादवको असामयिक निधनले नगरपालिकासँगै सम्पूर्ण धनुषा जिल्ला शोकमा डुबेको छ ।

उनको निधनको खबर फैलिएसँगै राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । मेयर यादवको अन्त्येष्टि र शोक कार्यक्रमबारे परिवार तथा नगरपालिकाबाट थप जानकारी आउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.