
रामेछाप । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा खसेको छ। दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शी एवं अनेरास्ववियु रामेछापका संयोजक गोपाल थोकरका अनुसार केही शवहरू नदीमा तैरिएको अवस्थामा देखिएका छन्। दुर्घटना भए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका छन्। नदीको बहाव र अप्ठ्यारो भूगोलका कारण उद्धारमा चुनौती देखिएको छ।
दुर्घटनाग्रस्त बसको नम्बर र त्यसमा सवार यात्रुहरूको विस्तृत विवरण भने अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपीले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घाइतेहरूको उद्धार कार्यलाई प्राथमिकता दिइएको बताए।

























