
रामेछाप । रामेछापको तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले घटनास्थलमा थप ३ वटा शव फेला परेपछि मृतकको संख्या ९ पुगेको जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेकामध्ये ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने ३ जनाको शव घटनास्थलमै भेटिएको हो। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई नदीमा खसेको थियो।
अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोटतर्फ पठाइएको छ।

























