आवश्यकता परे नेपाली सेना पहिलो घेरामै परिचालन हुने

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १९:१७

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले देशका विभिन्न स्थानमा सुरक्षा गस्ती र पेट्रोलिङ सुरु गरेको छ ।

निर्वाचन अवधिमा शान्ति सुरक्षा सुनिश्चित गर्न सेनाले महत्वपूर्ण सरकारी प्रतिष्ठान, विमानस्थल तथा कारागारहरूको सुरक्षा जिम्मेवारी सम्हाल्न थालेको हो । निर्वाचन सुरक्षाको संरचनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी तथा तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने व्यवस्था गरिएको छ ।

तर, सुरक्षा संवेदनशीलताको मूल्यांकनका आधारमा आवश्यक परे नेपाली सेना जुनसुकै घेरामा पनि खटिन सक्ने व्यवस्था गरिएको छ । त्यसले आवश्यकता परेमा सेनालाई पहिलो घेरामै परिचालन हुन सक्ने आधार तय गरेको छ ।

नेपाली सेनाले प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा सुरक्षा चुनौती देखिएका स्थानहरूमा सेना तेस्रो घेरामै सीमित नरही पहिलो वा दोस्रो घेरामै समेत परिचालन हुन सक्ने स्पष्ट पारेको छ । विशेष गरी उच्च जोखिमयुक्त र संवेदनशील क्षेत्रहरूमा सेनालाई सुरुदेखि नै अग्रपंक्तिमा खटाउने सम्भावना रहेको सेनाको धारणा छ ।

सेनाले निर्वाचन सुरक्षाबारे आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा सुरक्षा व्यवस्थालाई लचक र आवश्यकताअनुसार समायोजनयोग्य बनाइएको उल्लेख गरेको छ । सन्देशमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा नेपाली सेना खटिन सक्छ ।’

सेनाका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उपलब्ध स्रोत, साधन र क्षमताको अधिकतम प्रयोग गरिनेछ । युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाले निर्वाचन अवधिमा सेनाको भूमिका स्पष्ट पार्दै शान्ति सुरक्षामा कुनै कसर बाँकी नराखिने बताएका छन् ।

उनले भने, ‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् । हामीसँग उपलब्ध विभिन्न प्रकारका साधन, सामग्री र क्षमताको सदुपयोग गर्दै नेपाली जनताको चाहनाअनुसार यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रभावकारी ढंगले परिचालन हुनेछौं ।’

नेपाली सेनाले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणको रूपमा लिँदै आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.