कोशीसहितका ४ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार ०६:३८

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज (बुधबार) बिहान देशका विभिन्न भू–भागमा मौसमको अवस्था फरकफरक देखिएको छ ।

विशेषगरी तराई क्षेत्र तथा उपत्यकामा तुवाँलो र हुस्सुले जनजीवन प्रभावित बनाइरहेको छ भने उच्च पहाडी एवं हिमाली भू–भागमा बादल लागेको छ । महाशाखाका अनुसार अहिले तराई भू–भाग तथा काठमाडौं उपत्यका लगायतका स्थानहरूमा तुवाँलो लागेको छ ।

तुवाँलो बिहानको समयमा दृश्यता कम हुनुका साथै चिसोको अनुभूति भइरहेको छ । उता सुदूरपश्चिम, कर्णाली तथा देशका अन्य उच्च पहाडी र हिमाली क्षेत्रहरूमा भने साधारणतया बादल लागेको छ । जसले मौसम पूर्ण रूपमा खुल्न दिएको छैन ।

बुधबार दिउँसोसम्म तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । यद्यपि, उच्च पहाडी र हिमाली भू–भागमा भने बादल लागिरहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा हुने र सोसँगै हिमपातको सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ । यस्तो अवस्था रातिसम्म कायम रहने पूर्वानुमान छ ।

बुधबार राति तराईका थोरै स्थानहरूमा तुवाँलो लागिरहने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

ती प्रदेशका उच्च स्थानहरूका १–२ ठाउँमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद्हरूले चिसो मौसम, तुवाँलो र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.