निर्वाचन आयोगले वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार ०८:३७

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगले मतदान प्रक्रियालाई सहज, सरल बनाउने र बदर हुने मत प्रतिशत घटाउने उद्देश्यले फागुन ३ देखि १७ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यस अन्तर्गत देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वटा वडामा १–१ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ ।

स्वयंसेवकहरूले मतदाताको घर र बस्तीमा पुगेर नमुना मतपत्रद्वारा मतदान प्रक्रिया, चुनावको महत्व र मतदान गर्ने तरिकाबारे जानकारी दिने कार्यक्रम तय गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले कार्यक्रमलाई सफल बनाउन ७ वटै प्रदेश सरकार, ७ सय ५३ पालिका, राजनीतिक दल, उम्मेदवार र सञ्चार माध्यमसहित सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ । यसले मतदाता सचेतना बढाउँदै निर्वाचनलाई पारदर्शी र समावेशी बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.