यस्ता छन् कोशी प्रदेशमा मन्त्रिपरिषद्का निर्णय

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार ११:२८

विराटनगर । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनी सुधार र आगामी आर्थिक वर्षका विकास योजनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९ संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय लिएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या समाधान गर्न संशोधन आवश्यक देखिएको हो ।

संशोधनपछि अनुसन्धान तथा प्रशिक्षण प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य लिइएको उनले बताए । त्यस्तै, मन्त्रिपरिषद्ले आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८२ संशोधनका लागि प्रस्ताव आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ ।

विकास आयोजनाको छनोट, प्राथमिकता निर्धारण र अभिलेखीकरण प्रक्रियालाई थप पारदर्शी र मापदण्डमा आधारित बनाउन कार्यविधि परिमार्जन गर्न लागिएको हो । बैठकले आर्थिक वर्ष २०८३–०८४ मा प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय समेत गरेको छ ।

यसले संघ तथा प्रदेशबीचको समन्वय, बजेट विनियोजन र कार्यान्वयन प्रक्रिया सहज हुने सरकारको विश्वास छ । मन्त्रिपरिषद्का निर्णयलाई प्रदेशको संस्थागत सुदृढीकरण र योजनाबद्ध विकास प्रक्रियालाई गति दिने कदमका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.