कार्यसम्पादनमा बुटवल अब्बल, इटहरी सबैभन्दा कमजोर

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १५:५०

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा उपमहानगरपालिकाहरूको अवस्था निकै कमजोर देखिएको छ । ११ वटा उपमहानगरपालिकाहरूमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिका ६४.४४ अङ्क प्राप्त गर्दै पहिलो स्थानमा रहन सफल भएको छ ।

दाङका दुई उपमहानगरपालिकाहरू तुल्सीपुर ६१.५३ अङ्क र घोराही ६१.०८ अङ्कका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यस्तै कैलालीको धनगढीले ५६.६० र बाँकेको नेपालगन्जले ५६.५४ अङ्क प्राप्त गरेका छन् । मकवानपुरको हेटौँडाले ५४.१३ र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले ५१.५८ अङ्क ल्याउँदै औसत कार्यसम्पादन गरेका छन् ।

केही उपमहानगरपालिकाहरूको अवस्था भने औसतभन्दा पनि तल देखिएको छ । सुनसरीको धरानले ४९.७६, बाराको कलैयाले ४९.५७ र जीतपुर सिमरा उपमहानगरपालिकाले ४८.३९ अङ्क मात्रै प्राप्त गरेका छन् । उपमहानगरपालिकाहरूमध्ये सुनसरीको इटहरी उपमहानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । इटहरीले ३८.९६ अङ्क मात्र प्राप्त गरेको छ ।

आयोगले सार्वजनिक गरेको यो नतिजाले उपमहानगरपालिकाहरूको स्रोत परिचालन, बजेट व्यवस्थापन र योजना कार्यान्वयनको पक्ष फितलो रहेको प्रस्ट पारेको छ । कार्यसम्पादनमा आउने यस्तो अङ्कले स्थानीय तहले सङ्घीय सरकारबाट पाउने अनुदानको हिस्सामा समेत असर पार्ने गर्दछ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.