झापामा ओलीद्वारा जलेको घर अवलोकन, बुबालाई जानकारी नदिएको खुलासा

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १६:५१

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनका क्रममा जलाइएको आफ्नो बुबाको घर अवलोकन गरेका छन् । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ हिमालीमा रहेको उक्त घर गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले जलाएका थिए ।

झापा क्षेत्र नम्बर ५ मा एक साता लामो चुनावी भेटघाट सकेर काठमाडौँ फर्किने क्रममा ओली श्रीमती राधिका शाक्यसहित हिमाली पुगेका हुन् । घर जलेपछि उनी पहिलो पटक त्यहाँ पुगेका हुन् । जलेको घर हेर्दै गर्दा उनी केही समय भावुक समेत देखिएका थिए ।

अवलोकनका क्रममा छिमेकीहरूले उनका बुबाको हालखबर र उनलाई कहिले ल्याउने भनी जिज्ञासा राखेका थिए । छिमेकीको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो जलेको घर हेर्न बुबालाई कसरी पठाउनु ? यो घटनाबारे बुबालाई अहिलेसम्म थाहा पनि दिइएको छैन ।’ उनले बुबाको मानसिक अवस्था र स्वास्थ्यलाई ख्याल गरेरै घटना लुकाइएको संकेत गरे ।

चुनावी अभियानका क्रममा झापा आएका ओलीले एक सातासम्म आफ्ना मतदाता र कार्यकर्ताहरूसँग सघन भेटघाट गरेका थिए । हिमालीको घर अवलोकन पश्चात् उनी आजै काठमाडौँ फर्किएका छन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.