शक्ति प्रदर्शनकाे तयारीमा राजावादी

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १९:०१

काठमाडौं । राजावादी समूहले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहकाे स्वागतका लागि विमानस्थलमा उपस्थित हुन अपिल गरेकाे छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि राजा र राजसंस्था पक्षधरले फागुन १ गते सो क्षेत्रमा पूर्वराजालाई स्वागतका लागि उपस्थित हुन आह्वान गरेकाे हाे ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्याली, जुलुस र भिडभाडका कार्यक्रम गर्न निषेध गरेको जनाएको छ ।

प्रशासनले यस्तो सूचना जारी गरेपछि नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलमा नागरिकलाई सहभागी हुन अपिल गरेकाे हाे ।

‘सबै मिलेर देश बचाउन र बनाउन निषेधको राजनीति अन्त्य हुनुपर्दछ भन्ने नागरिक तहमा आम सहमति छ । मूलतः राष्ट्रिय एकताको प्रतिक राजसंस्था बिना देश र जनताले खोजेको स्थायी निदान प्राप्त हुन सक्दैन भन्ने एकमत छ’, सुवेदीले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा राजा ज्ञानेन्द्र भोलि फागुन १ गते झापाबाट राजधानी आगमन हुने कार्यक्रममा, दिनको १२ बजे त्रिभुवन विमानस्थल पुगेर भव्य स्वागतमा सरिक हुन राष्ट्रलाई माया गर्ने, शान्ति, सुव्यवस्था चाहने आम नागरिकलाई हार्दिक आह्वान गर्दछु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.