विमानस्थलको गेटबाहिर राजावादीको प्रदर्शन

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १३:०७

काठमाडौँ । झापाबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्। यस प्रदर्शनमा राष्ट्रिय, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पनि सहभागी भएका छन्।

काठमाडौँ प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि त्यसलाई चुनौती दिँदै प्रसाईँ आफ्ना समर्थकहरूका साथ विमानस्थल पुगेका हुन्। उनले बिहीबार नै पत्रकार सम्मेलन गरी सरकारले जतिसुकै निषेधित क्षेत्र घोषणा गरे पनि आफूहरूले पूर्वराजाको भव्य स्वागत गर्ने बताएका थिए।

खराब मौसमका कारण बुद्ध एयरको उडान रद्द भएपछि पूर्वराजा शाह मध्यान्ह १२ बजेतिर झापाबाट कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौँका लागि उडेका हुन्। उनी करिब १:१० बजे विमानस्थलमा अवतरण गर्ने तालिका छ।

विमानस्थल बाहिर ठूलो संख्यामा राप्रपा र दुर्गा प्रसाईँका समर्थकहरू भेला भएपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। सम्भावित झडप र उच्छृङ्खल गतिविधि रोक्न विमानस्थलको गेटदेखि गौशाला र तीनकुनेसम्म बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.