७७ जिल्लामा ७ सय निर्वाचन पर्यवेक्षक खटाइने

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १३:१७

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७ सय पर्यवेक्षक परिचालन गरेको छ। निर्वाचन प्रक्रिया र आचारसंहिता पालनाको अवस्थालाई नजिकबाट नियाल्न समितिले ७७ वटै जिल्लामा आफ्नो टोली खटाएको हो।

निर्वाचन ऐन र कानुनको कार्यान्वयनबारे सूक्ष्म अध्ययन गर्न समितिले माघ २४ र २५ गते नै पर्यवेक्षकहरूलाई विशेष प्रशिक्षण दिएको थियो। हाल कार्यक्षेत्रमा खटिएका ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण तयारी र गतिविधिलाई नजिकबाट अनुगमन गरिरहेका छन्।

पर्यवेक्षकहरूले विशेष गरी राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र सार्वजनिक पदमा रहेका व्यक्तिहरूले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा निगरानी गर्नेछन्। यसका साथै निर्वाचन प्रचारप्रसारका क्रममा हुने खर्चको स्रोत र मतदातालाई प्रभाव पार्न सक्ने गतिविधिमाथि पनि कडा नजर राखिएको समितिले जनाएको छ।

समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र मितव्ययी बनाउन सबै सरोकारवालासँग सकारात्मक सहयोगको अपिल गरेका छन्। निर्वाचन आयोगले यस पटकको चुनाव पर्यवेक्षणका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.