निर्वाचन सुरक्षामा कडाइ गर्न महानिरीक्षक कार्कीको निर्देशन

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १३:४७

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन देशभरका प्रहरी युनिटहरूलाई प्रभावकारी परिचालनका लागि निर्देशन दिएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा कुनै पनि सम्झौता नगर्न र त्रुटिरहित कार्यसम्पादन गर्न आदेश दिएका हुन्।

निर्वाचनका बेला देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूलाई चिर्न सूचना संकलनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने महानिरीक्षक कार्कीको भनाइ छ। उनले सुरक्षा संवेदनशीलताको मसिनो विश्लेषण गर्दै अवाञ्छित गतिविधिमा संलग्न जोसुकैलाई तत्काल कानुनी दायरामा ल्याउन समेत निर्देशन दिएका छन्। ‘निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी प्रहरीले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्छ,’ उनले भने।

विशेष गरी सीमा नाकामा हुने आपराधिक गतिविधि नियन्त्रण, अवैध हातहतियार बरामद र फरार प्रतिवादी पक्राउका लागि विशेष सुरक्षा योजना लागू गर्न उनले मातहतका निकायलाई सचेत गराएका छन्। महानिरीक्षक कार्कीले कुनै पनि अनपेक्षित घटना हुनुअघि नै त्यसको विश्लेषण गरी तयारी हालतमा रहन प्रहरी टोलीलाई निर्देशन दिए।

सो अवसरमा उनले सातै प्रदेशका प्रहरी प्रमुखहरूबाट शान्ति सुरक्षाको वर्तमान अवस्था र निर्वाचन तयारीबारे जानकारी लिएका थिए। भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.