‘तल्लो जात’ शब्दप्रति राष्ट्रियसभामा नियमापत्ति, रेकर्डबाट हटाउन माग

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १५:४१

काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘तल्लो जात’ भन्ने शब्द प्रयोग भएपछि सांसदहरूबीच विवाद उत्पन्न भएको छ। राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले मधेश प्रदेशका उत्पीडित समुदाय र महिलाका समस्याबारे बोल्ने क्रममा सो शब्द प्रयोग गरेकी थिइन्।

सांसद अर्यालले दलित समुदायभित्रका विभिन्न जातिहरूको नाम उल्लेख गर्दै उनीहरूले भोग्नुपरेको विभेदबारे धारणा राखेकी थिइन्। उनले ‘तल्लो जातको भनेर जस्तो त्यहाँ डुम, दुसाद, चमार हुन्छ… त्यो खालको समुदायमा एकदमै उत्पीडन छ’ भनेर बोलेकी थिइन्।

तर, अर्यालले प्रयोग गरेको ‘तल्लो जात’ भन्ने पदावलीले दलित समुदायको अपमान गरेको भन्दै अर्का सांसद पदम परियारले तत्काल नियमापत्ति गरे। सांसद परियारले नेपालको संविधानले कुनै पनि जातजातिलाई सानो वा ठूलो, उच्च वा नीच नभनेको स्मरण गराउँदै ६० लाखभन्दा बढी दलितको भावनामा चोट पुग्ने शब्द संसद्मा बोल्न नपाइने बताए।

सांसद परियारले सो आपत्तिजनक शब्दलाई संसद्को रेकर्डबाट हटाउन (एक्सपन्ज गर्न) माग गरे। नियमापत्तिपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले उक्त शब्दका बारेमा अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.