द्विपक्षीय सम्बन्ध उचाइमा पुर्‍याउने चिनियाँ राजदूतको प्रतिबद्धता

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १४:२९

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइसकेका छन् । शुक्रबार आइपुगेका उनले आफ्नो कार्यभार पनि सम्हालेका छन् ।

२३औँ राजदूतका रूपमा नेपालको भ्रमणमा आएका उनले २ देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । राजदूत चाङले ‘चीन–नेपाल साझा भविष्य’ निर्माणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिँदै जनमुखी कूटनीतिलाई प्राथमिकता दिने बताए ।

उनले बीआरआई अन्तर्गतका सहकार्यलाई सुदृढ बनाउने र चीनको १५औँ पञ्चवर्षीय योजनाले नेपालका लागि नयाँ विकास अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । चाङले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने चीनको दृढ नीतिलाई स्मरण गर्दै नेपाली–चिनियाँ मित्रता र साझेदारीलाई आगामी दिनमा अझ मजबुत बनाउने बताए ।

उनले नेपालस्थित चिनियाँ नागरिकहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न दूतावास सक्रिय रहने प्रतिबद्धता पनि जनाए । अघिल्ला राजदूत चेन सोङको स्थानमा आएका चाङ, चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागमा उपमहानिर्देशक भएर काम गरिसकेका छन् र नेपाल मामिलामा अनुभवी मानिन्छन् ।

उनी नेपालको राजनीतिक परिवेश र भूराजनीतिक परिवर्तमा आफ्नो अनुभव र नेतृत्वमार्फत द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन तयार छन् । नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय सुरु भएको यस अवसरमा राजदूत चाङको आगमनले द्विपक्षीय कूटनीतिक, आर्थिक र सांस्कृतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.