राप्रपाको चुनावी संकल्प पत्र सार्वजनिक (पूर्णपाठसहित)

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १४:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिबद्धतासहितको संकल्प पत्र सार्वजनिक गरेको छ ।

राप्रपा अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार काठमाडौंमा संकल्प पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले अहिलेको प्रदेश तहलाई पूर्ण रूपमा खारेज गर्दै केन्द्र र बलियो स्थानीय तहसहितको २ तहको शासकीय संरचनाको प्रस्ताव अघि सारेको छ ।

विशेष गरी स्थानीय तहलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन गैरदलीय आधारमा निर्वाचन गर्ने एजेन्डालाई पार्टीले प्राथमिकताका साथ उठाएको छ । सम्वर्धनवादलाई पार्टीको राजनीतिक दर्शनका रूपमा अघि सार्दै राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था र सर्वधर्म समभावसहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापनालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ ।

संकल्प पत्रमा वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को अवधारणालाई समेटिएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै राप्रपाले २०४६ सालपछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने कडा कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तो छ राप्रपाको संकल्प पत्र

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.